सडक निमार्णले भारतीय निर्भरता हटायो

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम चालु आर्थिक बर्षमा सम्पन्न हुने डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।

कुल ६२ किलोमिटर लम्बाई रहेको सो सडकका ५३ किलोमिटर ट्रयाक खुलीसकेको छ भने बाँकी ९ किलोमिटर चालु आर्थिक बर्षको अन्त्य सम्ममा ट्रयाक खुली सक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताउनुभयो । पाटन पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम संगसंगै स्तरोन्नतीको काम पनि भइरहेको छ उहाँले भन्नुभयो“ चालु आर्थिक बर्षमा स्याडीगाड सम्मको १३ किलोमिटर कालोपत्रे भइसक्नेछ ।”

अहिले स्याडीगाड सम्म सडकलाई कालोपत्रे गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । यस्तै स्याडीगाडदेखि मेलौलीसम्मको थप १८ किलोमिटरलाई कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइसकेको जनाएको छ । पाटन पञ्चेश्वर सडक अन्तर्गत स्याडीगाड खोला र बाग्गोठगाड खोलामा पक्की पूल समेत निर्माण भइसकेको छ ।

यसैबिच बैतडीको तल्लोसोराडका स्थानीय बासिन्दाहरुको सडक सपना करीब ३४ बर्षपछि पूरा हुने भएको छ । आर्थिक बर्ष २०४०÷४१ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उद्दघाटन गर्नुभएको पाटन पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम चालु आर्थिक बर्षमा सम्पन्न हुने डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।

केही बर्ष अगाडीसम्म आफु नेपाली हो की होईन भनेर अलमलमा परको बैतडीको दुर्गम तल्लोस्वाराडबासी सडक सञ्जाल बिस्तार भएपछी नेपाली नै भएको आभास गर्न थालेका छन । भारतसंग सिमा जोडिएको बैतडीको तल्लोस्वराड क्षेत्रका सडक बिस्तार भएपछी भारतको निर्भरता पनि हटाएको छ । पाटन– पञ्चेश्वर सडकका साथै शिवनाथवाट भारतसंग सिमा जोडिएको नाका नागार्जुन घाट र देहिमाण्डौदेखि गिरेगाडा सम्म सडक पुगेपछी भारतको निर्भरता हटेको हो ।

यसअघि नेपालबाट कुनै पनि सामान गाँउसम्म लैजान सडक नभएकोले भारतबाटै दैनिक उपभोग्य समान समेत किन्ने गरेकोमा अब त्यो बाध्यता हटेको शिवनाथ गाउँपालिका १ शर्मालीकी कमला चाँडले बताउनुभयो । सडक पुगेपछी सबै सामान नेपालबाटै आउछ उहाँले भन्नुभयादे “नुन,तेल समेत भारतबाटै ल्याउथ्यौ, अब त घरनजिकै गाडीमा सामान ल्याउन सकिन्छ ।”

तल्लोस्वराडमा सडक नपुग्दा सम्म व्यापारीहरुले भारतबाट गुणस्तरहीन सामग्री किनेर ल्याउनुपथ्र्यो । सडक पुगेपछि अहिले बजारमा नेपाली सामग्रीको कारोबार हुन थालेको स्थानिय बिरेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो ‘ हामी पहिला पूर्ण रुपमा भारतीय बजारमा निर्भर थियौं तर सडक पुगेपछि अहिले धेरै सजिलो भएको छ ।’

सडक नपुग्दा सम्म तल्लोस्वराडवासीलाई औषधि उपचारका लागि पनि भारतमै जानुपर्ने बाध्यता थियो । तर सडक पुगेपछि त्यो बाध्यताको अन्त्य भएको शर्माली स्वास्थ्य चौकीका ईन्चार्ज प्रकाश चन्दले बताउनुभयो । स्वास्थ्यचौकीमा उपचार हुन नसक्नेलाई रिफर गर्दा पनि भारत नै जानुपर्ने बाध्यता थियो उहाँले भन्नुभयो‘ सडक पुगेसंगै अब स्वराडबासीको त्यो बाध्यता हटेको छ । ’

यसका साथै जिल्ला अस्पताल बैतडीबाट पनि तल्लोस्वराडमा औषधी पठाउदा समस्या हुने गरेको र हाल आएर सडक बिस्तारसंगै हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका डाक्टर गुणराज अवस्थीले बताउनुभयो । सडक नहुदा भरिया लगाएर औषधी बोकाउनुपथ्र्यो उहाँले भन्नुभयो “सडक बिस्तारले स्वास्थ्य सेवा प्रवाह गर्न सजिलो सहसुस भएको छ ।”

यसका साथै स्वराडका स्थानिय बासिन्दा बिरामी हुदा समेत अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको भएपनि सडक बिस्तारसंगै त्यो समस्या टरेको समेत डाक्टर अवस्थीले बताउनुभयो ।

शर्माली,उदयदेव,कुलाउ,आम्चोरा,महाकाली,पञ्चेश्वरमा रहेका प्रत्येक पसलमा भारतीय सामग्री मात्रै पाइन्थ्यो सडक पुगेसंगै सजिलो भएको स्थानिय व्यापारी पे्रम सिंह साँउदको भनाई रहेको छ । उहाँले भन्नुभयो “यति सम्म कि नुनका लागि पनि भारतकै भर थियो तर सडक पुगेपछि बजारमा पार्याप्त मात्रामा नेपाली सामग्री पाइन थालेको छ ।”

यस्तै तल्लोसोराडमा सडक पुगेपछि कृषि उपजले पनि बजार पाएकाले किसानहरु व्यवसायिक खेती तर्फ लागेका छन् ।