नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, तीन महिलाको सनाखत


काठमाडौं । नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमै, २ जनाको काठमाडौं ल्याउँदै गर्दा बाटैमा र एकको उपचारका क्रममा निधन भएको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये विदुर नगरपालिका ९ की २१ वर्षीया शशी बोगटी, तादी ५ की ४६ वर्षीया लक्ष्मी न्यौपाने र नुवाकोट रालुकाकी २२ वर्षीया सविता तामाङको सनाखत भएको छ ।

दुर्घटनामा घाइते भएका २८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो ।