अलपत्र बालबालिका आफन्तका जिम्मामा

0
Shares

अर्घाखाँची, २० भदौ । तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरुका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ ।

सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो ।

बालबालिका सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको जर्रे खोलामा बेवारिसे अवस्थामा भेटिएका थिए । रासस