वलात्कार पछि हत्या गरिएको भन्दै कालिकोटमा विरोध प्रदर्शन



कालीवहादुर मल्ल, कालिकोट । यस जिल्लाको तिलागुफा नगरपालिका ५ का १९ वर्षीया मन्सरा न्यौपानेलाई भदौ १८ गते आठविस नगरपालिका ८ का ३८ वर्षीय कृष्णवहादुर आले मगर, गाडी चालक विरेन्द्र नगर नगरपालिका १ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्य वलात्कार पछि हत्या गरेको भन्दै भदौ १९ गते कालिकोटका महिला नागरिक समाजले विरोध जुलुस प्रदर्शन गरेका छन ।
खिडकी ज्युला घटनाका दोसीलाई कारवाही गर,महिला कहिले सम्म अशुरक्षित भन्ने नाराका साथ विरोध जुलुस प्रदर्शन गरिएको छ ।
गाडी चालक आचार्यकी भान्जी नाता पर्ने युवती न्यौपानेलाई घर पुगाइ दिन्छु भन्दै चार दिन अगाडी सुर्खेतवाट गाडीमा ल्याई वन्धक वनाइवलात्कार गरेको आरोप उनका मृतकका आफन्तले आरोप लगाएका छन ।
वलात्कार पछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी आए पछि आरोपी आले र आचार्यलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ । वलत्कार पछि वेहोस अवस्थाकी युवतिलाई मुखमा वषि हालेर हत्या गरिएको आफन्तहरुको भनाइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्