माओवादीको हेडक्वाटर बैठक वीरगन्जमा


कृष्णउदास खनाल, वीरगन्ज । स्थानीय तहको पहिलो चरणमा र दोश्रो चरणमा तेश्रो स्थानमा पुगेको नेकपा माओवादी केन्द्रका सबै शीर्ष नेता मधेश झरेका छन् ।  असोज २ गते हुने स्थानीय तह निर्वाचनमा मधेशमा गुमेको खास फर्काउनका लागि भन्दै प्रचण्ड सहितको शीर्ष नेता वीरगन्जमा झरेका हुन्  । काठमाडौं गर्ने भनिएको सचिवालय(हेडक्वाटर)बैठक पनि माअ‍ोवादीले शनिबार वीरगन्जमा नै आयोजना गरिएको छ ।

वीरगन्जको एक होटलमा आयोजित केन्द्रीय सचिवालय बैठकमा सबै शीर्ष नेताहरुको सहभागिता रहेको छ । बैठकमा मुख्यगरी दुई नम्बर प्रदेशमा कसरी बिजयी हासिल गर्ने भन्ने बिषयमा नेताहरु केन्द्रित रहेको माचओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर पर्साका अध्यक्ष नीरज पिठाकोटेले जानकारी दिए ।

दुई नम्बर प्रदेशको एक मात्रै महानगरपालिका वीरगन्जमा कसरी जीत सुनिश्चित गर्ने भन्ने बिषयमा पनि बैठक केन्द्रित रहेको नेताहरुले बताएका छन् । खासगरी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नै मधेशमा जसरी पहिलो नभएपनि दोश्रो शक्ति हुनुपर्नेमा जोड दिएको र त्यही अनुसार चुनावी रणनीति बनाउनका लागि नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको बुझिएको छ ।

संगठनको हिसावले निकै कमजोर रहेको वीरगन्जमा बिजयी हासिल गर्नका लागि पार्टीको पूरै शक्ति केन्द्रित हुनुपर्नेमा पनि जोड दिइएको छ । माओवादीले वीरगन्जको मेयरमा एक स्वास्थ्य संस्थाका संचालक रहेका रहबर अंसारीलाई उठाउने निर्णय गरेको छ । माओवादी राजनीतिमा यसअघि खासै नाम नसुनिएका ब्यक्तिको नाउ मेयरमा प्रश्ताव हुनु र एक्कै चुनावी मैदानमा उत्रिएका कारण वीरगन्जमा भने माओवादी तेश्रो शक्तिको रुपमा समेत आउने संभावना नभएको स्वमय् उक्त पार्टीका नेताहरुले नै बताएका छन् । नयाँ ब्यक्तिलाई मेयरको टिकट दिइएको भन्दै माओवादी वीरगन्जका पुराना नेताहरुले भने बिरोध जनाएका छन् । त्यसलाई प्रचण्ड सहितको टेलीले थामथुम पार्न लागि परेको बुझिएको छ ।