प्रधानमन्त्री एकाएक विरामी, स्वाईन फ्लुको आशंका


नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई रुघाखोकीले गालेपछि अस्वस्थ हुनुभएको छ । हिंजो महाकाली पुल उद्घाटन गरेर फर्के लगत्तै रुघाखोकीले गालेपछि प्रधानमन्त्री देउवा अहीले आफ्नो निबास बुढानिलकण्ठमै आराम गरी बस्नुभएको छ । आज २ नम्बर प्रदेशको स्थानिय तहको उम्मेदवारको टुंगो लगाउने भनिएपछि प्रमको अस्वस्थताले अहीले सम्म टुंगो लाग्न सकेको छैन । उम्मेदवार टुंगो लगाउनको लागि महामन्त्री शशांक कोईराला, नेता विमलेन्द्र निधि लगायतले छलफल गरीरहेका छन । प्रमका स्वकिय सचिव भानु देउवाले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार प्रमलाई सामान्य रुघाखोकी मात्रै लागेको हो । स्वास्थ्य मन्त्री गिरीराजमणी पोख्रेल वीर हस्पीटलमा थला परेको बेला प्रम देउवालाई पनि रुघाखोकी लागी घरमा बस्दा स्वाईन फ्लु पनि हुन सक्ने शंका भएको बताईन्छ ।