सगरमाथा क्षेत्रमा अटम सिजन शुरु (दश फोटो)



बुद्धवीर बाहिङ, सोलुखुम्बु ।
सगरमाथा क्षेत्रमा भदौ महिनाको मध्यसँगै अटम सिजन शुरु भएको छ । वर्षायाममा काठमाडौं लगायत अन्य क्षेत्रमा गएका स्थानीय तथा व्यवसायी खुम्बु क्षेत्रमा फर्कन थालेपछि अटम सिजन शुरु भएको हो ।

अटम सिजनको शुरुवातीसँगै यस क्षेत्रका होटल, पसल, रेष्टुरेण्ट तथा लजहरु सरसफाइ गर्न थालिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताए । यो सिजनमा सगरमाथा क्षेत्रमा सबैभन्दा बढि पर्यटकहरु आउने गरेको तथ्यांक छ । सबैभन्दा उत्तम सिजन मानिने यो अटममा सबैभन्दा कम लेक लाग्ने स्थानीयको भनाइ छ ।

सिजन शुरु भएसँगै तेञ्जिङ हिलारी विमानस्थलमा पनि हवाइजहाज तथा हेलिकोप्टरको चाप बढेको छ । अटम सिजनको लागि दैनिक उपभोग्य खाद्या पदार्थहरु हवाइजहाजबाटै लैजानुपर्ने बाध्यता भएकाले पनि विमानस्थलमा चाप बढेको हो ।

पछिल्लो समयमा भएको प्राकृतिक विपत्तीका कारण यस क्षेत्रमा अघिल्लो वर्षभन्दा कम पर्यटकहरु आएका थिए । प्राकृतिक विपत्तीपछि यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कदै गएकाले यो सिजनमा अघिल्लो वर्षको जस्तै पर्यटकहरु आउने व्यवसायीहरुको भनाई छ ।
  तस्वीरहरुमाः अटम सिजनको शुरुवातमा सगरमाथा क्षेत्रमा आएका पर्यटकहरु र स्थानीय बासिन्दाहरु ।
तस्वीर : बुद्धवीर बाहिङ/सोलुखुम्बु ।

प्रतिक्रिया दिनुहोस्