पूर्व प्रम नेपाललाई आयोगको स्पष्टीकरण

0
Shares

 

काठमाडौं, (नेस)
निर्वाचन आचार संहिताविपरीत चुनावी प्रचारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग स्पष्टीकरण सोधेको छ।

आयोगले मंगलबार नेपाल समाचारपत्रमा प्रकाशित नेता नेपालले प्रयोग गरेको टोपीमा अंकित चिह्न निर्वाचन आचार संहिताविपरीत भएकाले स्पष्टीकरण सोधिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो। नेता नेपाल सोमबार आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका क्रममा पर्साको वीरगन्जमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको थियो।