सुदूरपश्चिमको गौरा, जुम्लाको देउडा



नन्दराम जैशी, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । सुदुर पश्चीमेलि समाज जुम्लाले टुडिखेलमा देउडा गीत गाएर रमाइलो गर्दै पर्व मनाएका हुन् ।

गौरा पर्वको अवसरमा सुदूरपश्चिमबासी र जुम्लाबासिबिच देउडागित मार्फत शुभकामना आदान प्रदान गर्दै दुख सुख साटासाट गरेर रमाइलो गरीएको थियो । देउडा खेल्दै गर्दा बर्षे झरीले सताएपनि देउडा खेल्ने र हेर्नेले भने रमाइलो महशुस गरीरहेका थिए ।

सुदूरपश्चिमसँगै मध्यपश्चिमका अधिकांस जिल्लामा गौरा पर्व मनाउने गरीएता पनि जुम्लामा भने यस पर्वको खासै महत्व राखिदैन । पहिले पहिले जुम्लामा गौरा पर्वबारे कसैले चासो दिएको पाइदैन थियो । तर जुम्लामा विस्तारै सुदूरपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्र्व जुम्लामा पनि धुमधामसाथ मनाउन थिएको हो ।

सुदुर पश्चिमेली समाज जुम्लाका उपाअध्यक्ष एज्ञराज ओझाले भन्नुभयो, गौरा पर्वलाई हामिले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छौ । यस्ता चाडपर्वले लोक परम्परा कायम रहनुका साथै सामाजिक सांस्कृतिक एकता पनि कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्