चिन सँग सडक जोडियो, गाडी गुडेन



ओलाङ्चुङगोलाबाट चिन तर्फ खनिएको सडक

रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङको विकट गाउँ ओलाङ्चुङगोलाबाट चिनको तिब्बत सम्म सडक जोडिए पनि यातायातका साधन नहुँदा स्थानीय अन्योलमा परेका छन् ।

करोडौको लगानिमा सडक खनिए पनि सडकमा कुदाउने सवारीसाधन नहुँदा सडक प्रयोग विहिन बन्ने अबस्थामा पुगेको छ ।

नेपाल तर्फबाट सवारी साधन लैजाने सडक नभएको र चिनको तर्फबाट ल्याउने प्रकृयाका विषयमा आफुहरुलाई जानकारी नहुँदा समस्यामा परेको ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले बताए ।

सडक निर्माण पछि चिनको तिब्बतबाट साना सवारीसाधनमा सडक अवलोकनका लागि चिनिया अधिकारी गोला सम्मनै आएका थिए । सडक सवारी सञ्चालका लागि राम्रो भए पनि सवारी साधन नहुँदा स्थानिय मर्कामा परेका छन् ।

उनिहरुले भारतले जस्तै चिनले पनि विषेश अवसरमा उपहार स्वरुप सवारी साधन दिने व्यवस्था सरकारले गरीदिए आफुहरुलाई राहत मिल्ने बताएका छन् । नेपाल तर्फबाट तापेथोकहुँदै ओलाङचुङगोला जोड्न ३५ किलोमिटर बढी दूरी बाँकी रहेको छ । सो सडक पनि चाँडे बने सो स्थान सम्म सवारी पु¥याउन सहज हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्