पूर्व केजीबी सदस्य उत्तर कोरियाली नेता किमको सुरक्षामा


 

टोक्यो, (एजेन्सी)
उत्तर कोरियाली तानासाह किम जोङ उनले आफ्नो व्यक्तिगत सुरक्षालाई नयाँ स्तरमा पुर्याएको जापानी सञ्चारमाध्यमले जनाएको छ। आक्रमणको डरले राति मात्र यात्रा गर्ने गरेको आरोप लागेका उत्तर कोरियाली नेता किमले हत्या हुनबाट जोगिन पूर्व केजीबी एजेन्टका १० जनालाई आबद्ध गरेको छ।

एक स्रोतले जापानी अखबार असाही सिम्बुनलाई किमले गत फेब्रुअरीमा रुसी पूर्वगुप्तचर एजेन्सका पूर्व सदस्यहरूसँग सम्पर्क गरेको बताएको थियो। उनीहरू किमका सुरक्षा गार्डहरूलाई अमेरिकाबाट हुनसक्नेलगायतका खतराको सामना कसरी गर्ने विषयमा सल्लाह सुझाव दिन सैन्य सल्लाहकारका रूपमा प्योङयाङ आएका थिए। उक्त अखबारले पूर्व केजीबी एजेन्टले उत्तर कोरियाली सरकारलाई उनीहरूको जासुसीलाई प्रभावकारी बनाउन पनि सहयोग गरेको हुनसक्ने अनुमान गरेको छ।

उत्तर कोरियाले अमेरिका निर्मित अत्याधुनिक हतियारबाट हुने आक्रमणको प्रतिरक्षामा ठूलो चासो देखिएरहेका छन्। उक्त स्रोतले असाहीलाई बताएको युनाइटेड प्रेस इन्टरनेसनलको अनुवादमा उल्लेख गरिएको छ। सोभियत सुरक्षा एजेन्सीका पूर्व जासुससँग आतंक मच्चाउन सक्ने गतिविधिलाई पहिले नै पत्तालगाउन तथा निस्तेज पार्न आवश्यक सैन्य शिक्षा तथा तालिमका लागि आग्रह गरिएको थियो।

किम कुनै पनि बेला आफ्नो हत्या हुन सक्नेमा संशकित रहेका छन्। गत जुनमा दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवाले सर्वोच्च नेताले यताउता हिँडडुल गर्न फरक फरक गाडीको प्रयोग गर्न थालेको सार्वजनिक गरेका थिए। उनले सार्वजनिकस्थलमा आउने क्रमलाई पनि कटौती गरेको कोरिया हेराल्डले जनाएको छ।

किमले नेतृत्व परिवर्तन गर्ने पहलका चाहनाका कारण आफ्नो हत्या गर्ने प्रयास गरिरहेको दक्षिण कोरियामाथि आरोप लगाएको छ। अमेरिकी प्यासिफिक कमान्डले गत अप्रिलमा गरेको एक ट्विटमा ‘हामी किम जोङ उनलाई उनले बुझेकै स्थानमा ल्याउन चाहन्छौ, घुँडा टेकाउने होइन’ भनी लेखेका थिए।

यसैबीच एक समाचारमा किम एक जना नातेदारको हत्यामा संलग्न रहेको उल्लेख गरेको छ। किम जोङ नामलाई सत्तामा ल्याउन सन् २०१२ मा चीनको समर्थनसहित कु गर्ने प्रयास गर्ने किमका काका जोङ सोङ थायकका बारेमा निकेई एसियन रिभ्युले यसै हप्ताको संस्करणमा लेखेको छ। जाङलाई सन् २०१३ मा देशद्रोहमा दोषी ठहर्याउँदै मृत्युदण्ड दिइएको थियो। दुई महिलाले किम जोङ नामको अनुहारमा विषादि दलेर यसै वर्षको शुरूतिर हत्या गरियो। उनको हत्याका लागि किमले नै आदेश दिएको भनिन्छ।