मंसिरसम्म २५ मेगावाट विद्युत्थपिने

0
Shares

 

गणेश साम्पाङ, पाँचथर

जिल्लामा निर्माणाधीन २५ मेगावाटको काबेली–बी वान र २२ दशमलव २ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएका छन्।

पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने इन्द्रावती र काबेलीको संगमस्थलमा बाँध बाधेर ४ हजार ७ सय मिटर लामो पाइपद्वारा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ। पाँचथरको साविक नागी गाविसको काबेली नदीमा पावर हाउस रहने काबेली–बी वानको काम ८५ प्रतिशत पूरा भएको इन्जिनियर माधव भूर्तेलले बताउनुभयो।

इन्जिनियर भूर्तेलका अनुसार इन्टेकको काम प्रायः पूरा भयो पानी ल्याउने पाइपको काम ८५ प्रतिशत पूरा भयो भने पावरहाउसको काम पनि ८० प्रतिशत पूरा भयो अब मंसिर अन्तिमदेखि बिजुली बल्छ। इन्जिनियर भूर्तेल भन्नुहुन्छ। अरूण काबेली पावर लिमिटेडले निर्माण गरी रहेको सो आयोजनाबाट मंसिरमा बिजुली बले पनि १३२ केभी क्षमताको काबेली करिडोरका प्रसारणलाइनको काम पूरा भइ नसकेको हुनाले भूर्तेल बताउनु हुन्छ।

यता सदरमुकाम फिदिम नगरपालिका साबिक भारपा गाविसको सिमाना भएर बग्ने हेवा खोलामा निर्माण भइरहेको २२ दशमलव २ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनाको काम पनि ८० प्रतिशत पूरा भएको आयोजना प्रमुअ गणेश सुब्बाले बताउनुभयो। हेवा खोला र फेमेखोलामा गरी दुई वटा इन्टेक निर्माण गरेर ५ हजार ४ सय मिटर सुरुङमार्गद्वारा पुनः हेवा खोलामा नै पावर हाउस रहने सो आयोजनाको टनेल छेड्ने काम पूरा भयो अब फिनिसिङ गर्न बाँकी छ पावर हाउसको काम ७५ प्रतिशत बाँकी छ प्रमुख सुब्बा भन्नुहुन्छ।
माउन्टेन हाइड्रो प्रालिद्वारा २०७१ मंसिरदेखि निर्माण कार्य शुरू गरिएको भए पनि भूकम्प र नाकाबन्धीको कारण सो आयोजनाको तोकिएका समयमा सम्पन्न हुन नसकेको माउन्टेन हाइड्रो प्रालिका सदस्य दीपेन्द्र आङबो भन्नु हुन्छ। काममा कुनै अवरोध नआएमा आगामी जेठ सम्ममा बिजुली बल्ने बल्ने छ निर्माण कम्पनीले दाबी गरेको छ।

प्राइम बैंकको नेतृत्वमा अन्य १२ वटा बैंकको लगानी रहेको सो आयोजनाको शुरूको अनुमानित लागत ३ अरब ६६ करोड भए निर्माणकार्य सम्पन्न हँुदासम्ममा सो लगानी बढेर ४ अरब पग्ने आयोजना प्रमुख सुब्बा बताउनुभयो।