इन्टरटेक ग्रुपको डिलर मिट सम्पन्न

0
Shares

 

काठमाडौं, (नेस)
इन्टरटेक ग्रुपले वार्षिक डिलर भेला कार्यक्रम आयोजना गरेको छ। ग्रुपले शनिबार राजधानीमा एक कार्यक्रम गरी आफ्ना सबै डिस्ट्रिब्युटर तथा डिलरलाई भेलामा डाकेको हो।

इन्टरटेक ग्रुप इन्टरटेक पाइप एन्ड फिटिङ (आईपीएफ) को उत्पादक कम्पनी हो। ग्रुपले हरेक साल सबै डिलरलाई डाकी विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ। सो अवसरमा कम्पनीका डिलरलाई उपहारस्वरूप गिफ्ट ह्याम्पर प्रदान गरियो। गिफ्ट ह्याम्परमा ५ तोला चाँदीदेखि १७ ग्राम सुनसम्म रहेको थियो। डिलरलाई उनीहरूको वार्षिक कारोबार रकमका आधारमा उपहार प्रदान गरिएको हो।वार्षिक डिलर भेला कार्यक्रममा डिलरका लागि आगामी वर्षको लागि नयाँ उपहार योजना समेत सुनाइएको थियो।

यसैबीच इन्टरटेक ग्रुपले तराईका जिल्लाका बाढीपीडितका लागि नगद ५१ हजार रुपियाँ सहयोग गर्ने भएको छ। ग्रुपका ब्रान्ड एम्बेसेडर तथा कलाकार सुनिल थापाको आह्वानमा ग्रुपले सो रकम बराबरको आर्थिक सहयोग गर्ने भएको हो। त्यस्तै ग्रुपले आफ्ना सबै डिलरलाई सक्दो सहयोग गर्न आग्रह गर्दै राहत स्वरूप सहयोग संकलन भएलगत्तै सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

कार्यक्रममा बोल्दै ब्रान्ड एम्बेस्डर थापाले आफू इन्टरटेक ग्रुपसँग जोडिन पाउँदा अत्यन्त खुसी रहेको बताउनुभयो। त्यस्तै ग्रुपका सञ्चालक विनित अग्रवालले आगामी दिनमा सबै मिलेर कम्पनीलाई राम्रो स्थानमा पुर्याउन आग्रह गर्नुभएको थियो।

बुटवलमा २०३५ सालमा स्थापित इन्टरटेक ग्रुपले भोलुंगेपुल, एफएम टावरलगाएत विभिन्न निर्माण सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीले विगत दश वर्षदेखि पिपिआर पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। आईपिएफ कम्पनीका पिपिआर, पिभिसि तथा एचडिइपि पाइप बजारमा उपलब्ध छन्। आईपिएफ आफ्नै डिजाइनमा नयाँ पिपिआर रोल पाइप उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो।
आईपिएफ विभिन्न अन्तर्राष्ट्रिय मापदण्डमा पाइप तथा फिटिङ उत्पादन गर्ने कम्पनी हो। प्रयोगसालामा परीक्षण गरेर मात्र उपभोक्तासामु पुर्याइने कम्पनीका पाइप तथा फिटिङका सामग्री नेपालका विभिन्न आयोजना, परियोजना तथा उद्योगमा प्रयोग हुँदै आएको कम्पनीले जनाएको जनाएको छ।