माओवादीले अहंकार त्यागेको प्रचण्डको भनाई


शेरबहादुर थापा, सुर्खेत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी उक हुनुको विकल्प नभएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगर आइपुगेका दाहालले पत्रकार सम्मेलनमा माओवादीमा विभाजन भएकै कारण २७० को संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार भएको बताए ।

‘हामी आपसमा फुटेर अघि बढ्यौं फलस्वरुप जनता र कार्यकर्तामा फ्रस्टेसन आयो । अनि हामी तेस्रो भयौं ।’ उनले भने, ‘अब माओवादीमा अहंकार छैन, हामीले अहँकार त्याग गरिसकेका छौं । त्यसैले आउनुहोस, परिवर्तनलाई संस्थागत गर्न लागौं ।’ अध्यक्ष प्रचण्डले बैद्य, डा बाबुराम र विप्लवलाई माओवादी केन्द्रमा फर्कन आव्हान समेत गरे ।
जो सुकैसँग गठबन्धन बन्नसक्ने
माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी प्रदेश र संघको चुनावमा जो सुकैसँग चुनावी तालमेल हुनसक्ने बताए । उनले भने, ‘लोकतान्त्रिक राजनीतिक दलहरुसँग हाम्रो चुनावी तालमेल हुनसक्छ, चाहे त्यो काँग्रेस होसया अन्य कुनै दल ।’ अध्यक्ष दाहालले दशमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको बताए । उनका अनुसार यो संसदीय प्रणाली अनुसार नेपालमा हरेक वर्ष सरकार फेरिरहने हुँदा विकास निर्माण गर्न गाह्रो भएको हो ।

उनले भने, ‘अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ त्यसले कम्तिमा ५ वष्र्गासम्म स्थायी सरकार कायम हुनेछ ।’ यस्तै प्रचण्डले देशमा चुनावी कार्यक्रम गर्दा थुप्रै रकम खर्च गर्नुपर्ने भएकाले निर्वाचन प्रणाली पनि फेर्नुपर्ने धारणा राखे । उनले नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सबै राजनीतिक दलहरुसँग छलफल गर्ने बताए ।

नेकपा माओवादी केन्द्रको ६ नं. प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रचण्ड सुर्खेत आएका हुन् । उनीसँग पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्ति बस्नेतलगायतका नेताहरु समेत आएका छन् ।