उपचारका लागि ओली थाइल्याण्ड जाँदै


 

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै हुनुहुन्छ ।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उहाँले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेछ । यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताउनुभयो ।

नियमित स्वास्थ्य उपचारका लागि उहाँ ६÷६ महिनामा बैंकक जाने गर्नुभएको छ । यसअघि जेठमा उहाँ उपचारका लागि बैंकक जानुभएको थियो । रासस