बडिमालिका तर्थाटनमा मृत्यु भएका बोहरोको उद्धार हुन सकेन, हेलिकप्टर वीचवाट फिर्ता 



दयाराम पण्डित, बाजुरा ।
बाजुराको बडीमालिका जाने क्रममा मृत्यु भएका तिर्थयात्री राम बहादुर  बोहराको शव सोमवार सम्म उद्धार हुन सकेको छैन । उद्धारका लागि नेपाल आर्मीको एन ए ० ५७ कलसाईन भएको हेलिकप्टर प्रयोग गरिएको छ । उनको उद्धारकालागि  सुर्खेतबाट आएको हेलिकप्टर मौसम खरावीका कारणलौडीविनायकमा अवतरण हुन नसकेको  नेपाली सेनाको समरजित गुल्म बाजुराले जनाउको छ ।

१२ हजार फिट भन्दा माथि  उचाईमा रहेको मालिकाको लौणीविनायक मा बाक्लो कुहिरो र निरन्तर वर्षा भईरहदा उद्धार गर्न नसकेको वताइएको छ ।  जतिवेला मोसम सफा भयो त्यतिवेलानै हेलिकप्टर परिचालन गर्नका लागि अहिले थापाथली ब्यारेक मार्तडीमा हेलिकप्टर स्टेण्डवाई राखेको  नेपाली सेनाको एक श्रोतले वताएको छ । अहिले उक्त हेलिकप्टर समरजीत गुल्म  थापाथली ब्यारेक मार्तडीमा छ ।

शनिबार राती साढे आठ बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका ५ का वडा अध्यक्ष बोहराको मृत्यु  भएको थियो  । अषढ १४ को दोस्रोचरण्णको स्थानीय तहको निर्वाचनमा नोपली कांग्रेसको तर्फवाट  वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

मृतकको शव गृह जिल्ला  अछाम लिनका लागि हेलिकप्टर प्रयोग गरिएको  बतार्ईको छ ।
मृतक बोहराकोसवको उद्धार गर्न मानिसले बोक्न कठिन भएपछि हेलकप्टरको प्रयोग गरिएको बताईएको छ ।  हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण   लौणीविनायकमा लैजान समस्या भएको हो ।  घटनास्थल लौडीविनायकमा  आजसम्म  दुुईजना प्रहरी र  मृतकका  तिन जना आफन्त मात्र साथमा रहेको प्रहरी नायव उपरिक्षक दलवाहदुर बोटेगटीले बताए ।

तिन दिन देखि त्रिपालको सहारामा बसेका  शुरक्षाकर्मी र मृतकका आफन्तको
सामाल सकिएको छ । सोक्षेत्रमा जंगल नहुंदा तिन दिन देखि आगोपनि ताप्न पाएका छैनन् ।  चिसोले कठ्यंग्रीएका छन् । छिटो उद्धार गर्न सकिएन भने तिनीहरुको पनि थप समस्या आउनसक्ने प्रहरीनायव उपरिक्षक बोगटीले वताए । मौसम सफा भए भोलि विहान त्रिबेणी नगरपालिकावाट स्थानीय वासिन्दाको टोलीपनि  पठाउने तयारी भइएरहेका ेबताईएको छ ।

यसैगरी शुक्रवार दिउसो त्रिबेणी नगरपालि वडा नं दुुईमा घर भई हाल हाल कैलालीको फुदलवारीमा बस्दै आएका ५५ वर्षीय डम्म लााल जैशीको मालिककोे भीरवाट खसेर मृत्युभएको हो । मालिका जानेबाटो अप्ठेरो  र  फर्किदा चिप्लालो भएकोले भीरवाट चिप्लीएर मृत्युु भएको प्रहरी श्रोतले बताएको छ ।

 

प्रत्यक वर्षको श्रावण सुक्त त्रयोदसी देखि लाग्ने बडिमालिका माताको दर्शन र त्रिबेणी नदी स्नान गर्नाले मोक्ष प्राप्ती हुने धार्मीक मान्यता रहि आएको छ ।  हजारौं मानिसहरुले पत्यक वर्ष बडिमालिको दर्शन गर्दै आएका छन्। धार्मीक एवं प्रयटकीय दृष्टीले अति रमणीय स्थानका रुपमा लिने गरिन्छ ।

विभिन्न समयमा सरकारी रकम खर्च गरेता पनि खासै ब्यबस्थापन गर्न सक्दा थिर्थाललुभक्तजनहरुले सास्ती भोग्नुपरेको बडिमालिकाका पुजारी नेत्रप्रसाद पाध्याले वताए।  बढिमालिकमा चडाएको दक्षीणभेटीको पनि अहिले सम्म कुनै लेखाजोखा छैन । बमिालिका मन्दीर चौद हजार फिट उचाईमा छ ।

प्रतिक्रिया दिनुहोस्