प्रहरीको खोजीमा रहेका ‘डन’ इन्काउन्टरमा मारीए



नेपाल समाचारपत्र, काठमाण्डौ । ललितपुरको कुसुन्तीमा लागू औषधको डिलर संचालन गर्ने डन प्रविण खत्री प्रहरी “इन्काउण्टरमा” मारीएका छन । उनलाई कञ्चटमा गोली लागेको थियो ।

लागूऔषधको मुख्य कारोवारी डन खत्री प्रहरीको खोजीका ब्यक्ति थिए । उनलाई खोज्दै गएको महानगरीय अपराध महाशाखाको टोलीले खत्रीकै घरमा पुगेर ईन्काउण्डर गरेको हो । प्रहरीलाई देख्नासाथ खत्रीले गोली चलाएकोले प्रहरीको जवाफी कारबाही उनि मारीएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।

प्रहरीले खत्रीवाट दुई थान पेस्तोल भेटिएको छ । कञ्चटमा गोली लागेर गम्भिर घाइते भएका खत्रीलाई उपचारका लागि पाटन अस्पताल पठाइएको थियो । उनको त्यही मृत्यू भएको थियो ।
अपराध महाशाखाका प्रहरीलाई देखेर फायर गरेका खत्री प्रहरीले हानेको गोली लागेर कुसुन्तीमा एउटा घरको पछाडि ढलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्