झापामा जंगली हात्ती आंतक, प्रधानमन्त्री शेरवहादुर देउवासँग हार गुहार माग्दै पिडित



नेपाल मासचारपत्र, भद्रपुर । झापामा जंगली हात्ती आंतकले स्थानीय पीडित बनेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।

झापाको दुई नगरपालिका र तीन गाँउपालिका ३ हजार भन्दा बढी हात्ती पीडित स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपन पत्र सोमवार विहान नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौला मार्फत प्रधानमन्त्री देउवालाई पठाएका हुन् । नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले नेता सिटौलाको निवासमा नै पुगेर स्थानीयले गरेको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका थिए ।

करिव ६ हजार ३ सय हेक्टर क्षेत्रमा फैलिएको जलथल जंगलको विस्तृत कार्य योजना तयार गरी जलथलदेखि भेलागडी, चाराआली हुदै बाहुण्डागी सम्म जैविक मार्ग निर्माण गरी जलथल जंगल वरिपरि विद्युतीय तारवार सहितको विस्तारित योजना जिल्ला वन कार्यालय झापामा मार्फत यसअघि नै वन मन्त्रालयमा पेश भई सकेकोले उक्त योजना तत्काल कार्यान्वयनमा ल्याएर बजेट विनियोजन गरी जंगली हात्ती आतक समस्याको समाधानको बारेमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विगत केही बर्षदेखि झापाको भद्रपुर, विर्तामोड, हल्दिवारी, बाह्दशी र कचनकवल लगायत आसपासको क्षेत्रमा जंगली हात्तीको झुण्डले आंतक मचाउनुका साथै भौतिक तथा मानविय क्षति समेत पु¥याउदै आएकोले स्थानीय त्रसित बनेका छन् । काग्रेसको क्षेत्रीय समिति, नगर तथा गाउपालिका समितिमा आवद्ध कार्यकर्ता र हाती पीडित स्थानीयले हात्ती नियन्त्रणका लागि हस्तक्षार अभियान सुरु गरेको क्षेत्रीय सभापति पोखरेलले बताए ।

सरकारको ध्यानकार्षण गराउन हस्ताक्षर अभियान सुरु गरेको पोखरेलको भनाई छ । हात्ती बस्ने जंगलको संरक्षण गर्दै समस्यालाई समधान गर्न जरुरी रहेको ज्ञापन पत्र बुझ्दै सिटौलाले बताए ।

सोमवार साँझसम्म प्रधानमन्त्रीलाई बुझाई समस्याको बारेमा थप जानकारी गराउने प्रतिवद्धता जनाएका छन् । यो विषमा सरकारले संवेदनशिलता लिएर सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनेमा आफु ढुक्क रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्