बम फाल्ने प्रहरी सहायक निरीक्षक राना नगदसहित सम्मानित


नेपाल समाचारपत्र, काठामाडौ ।

स्थानीय तह निर्वाचनको क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिकाको प्रतापपुर अम्बास आवासिय बिद्यालयस्थित मतदान केन्द्रमा अज्ञात व्यक्तिले प्रहार गरेको बम हातले टिपेर फल्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर राना सम्मनित भएका छन् ।

नेपाल प्रहरी परिवार मञ्च, बेलायतले नगद तथा प्रमाणपत्रबाट सम्मान गरेको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको समुस्थितिमा आयोजना भएको एक समारोहमा उनलाई नगद ५१ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरीले उनलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाईको वावजुद पनि नेपाल प्रहरी संगठन र यसमा आवद्ध कर्मचारीहरुप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सह्रानीय रहेको चर्चा गर्दै उक्त मञ्चप्रति संगठनकोतर्फबाट धन्यवाद दिएका छन् ।

नेपाल प्रहरीमा आवद्ध कर्मचारीहरुको व्यावसायिकता र विरताको परिचय दिँदा सकल दर्जालाई गौरवान्वित बनाएको भन्दै प्रहरी सहायक निरीक्षक रानाप्रति मञ्चले गरेको सम्मानले संगठनका समग्र सदस्यलाई नैतिक बल प्राप्त भएको उनले जनाएका छन् ।

समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रर्दशन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाई प्रहरी कर्मचारीहरुको मात्र नभई पूर्व प्रहरी कर्मचारीहरुलाई समेत हर्षित बनाएको  चर्चा गरेका थिए ।