चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्च अदालतको आदेश


नेपाल समाचारपत्र, काठमाडौ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई प्रहरी हिरासतमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबारको पूर्ण इजलाशले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाट न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

न्यायधीशहरु दिपकराज जोशी, दिपक कुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई न्यायिक हिरासतमा आदेश दिएको अधिवक्ता विकास भट्टराईने समाचारपत्रलाई जानकारी दिए ।

राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते नियन्त्रणमा लिएको थियो । कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादास्पद मुद्दामा शर्मा मुछिएका छन ।