प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

0
Shares

 

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहनुभएका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिनुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उहाँका स्वकीय सचिव पुस्करराज पाण्डेले जानकारी दिनुभयो ।

जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताउनुभयो । रासस