वीरगन्ज पथलैया सडक मंसिरदेखि बिस्तार हुने

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । अत्याधिक सवारी दुर्घटना हुने सडकको रुपमा चिनिने वीरगज–पथलैया सडकखण्डको परवानीपुरदेखि गण्डक चोकसम्म ४ लेनको सडक विस्तार कार्य आगामी मङ्सिरदेखि शुरु हुने भएको छ । सडक विस्तार कार्यका लागि आह्वान भएको बोलपत्रमा ८ वटा ठेकेदार कम्पनीले बोलपत्र दर्ता गराएको र एक महिना भित्र ठेक्का प्रक्रिया थालिने योजना कार्यालयले जनाएको छ ।

४ लेनको  सडक विस्तारको लागि करिब रु ४० करोडको लागतमा कार्यालयले गत जेठ २९ गते बोलपत्र अह्वान गरेको थियो । बोलपत्रको एक महिनाको समय सीमामा पप्पु रकनटेक, सपना, आशिषररोशन, बिरुवारकञ्चन, मोतीदाना, आश्रयलगायत ८ वटा कम्पनीले बोलपत्र हालेका छन् । ठेकेदार कम्पनीहरूको मूल्याङ्कनको काम चलिरहेको छ २०र२५ दिनमैं ठेक्का प्रक्रिया पूरा भई ठेकेदार कम्पनीहरूसँग सम्झौता हुने छ ।  २५र२५ मिटर दायाँबायाँ सडकको विस्तार कार्य हुनेछ । चार लेन सडकको बीचमा चार मिटरको हरित क्षेत्र (डिभाइडर) हुन्छ । डिभाइडरको दायाँबायँँमा समान ११ मिटर चौडा साढे ३र३ मिटरको ७ मिटरको २ लेन सडक र ४ मिटरको पूmटपाथ बनाइने छ । दायाँबायँँ दुवै र डिभाइडरको चौडाइ जोडने हो भने ४ लेन सडकको चोडाइ २६ मिटरको हुनेछ ।

जामबाट मुक्ति    सडक विस्तारका लागि दुई वर्षको समयावधि तोकिएको छ । काम सम्पन्न भएपछि वीरगंज–पथलैया सडकको ट्राफिक व्यवस्थापनमा सहयोग मिल्नेछ । साथै परवानीपुरदेखि गण्डकसम्म हुने ट्राफिक जामबाट पनि मुक्ति पाइने चालकहरूले बताएका छन् ।यसैबीच परवानीपुर–गण्डक सडक किनारको अधिकांश जग्गा अतिक्रमित भएका कारण समस्या भएको छ । सडकको दुवै छेउमा पसल, टहरा, पक्की भवनलगायत विभिन्न भौतिक संरचना खडा गरी जग्गा मिचिएकोले सडक विस्तार कार्य अघि बढेपनि समस्या भइरहेको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ  ।