वैद्य निकट अखील क्रान्तिकारीद्धारा वि.एन.वि नर्सिङ कलेजमा तोडफोड

0
Shares

काठमाडौं
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्ना मागको सुनुवाई नगरेको भन्दै ललितपुरको ग्वार्को स्थित वि.एन.वि नर्सिङ कलेजमा तोडफोड गरेको छ । एउटै हाताभित्र दुई भिन्न भिन्न विश्वविद्यालयको सम्बन्धन लिई संस्था संचालन गरी शिक्षा ऐनको उलंघन गरेको भन्दै तोडफोड गरेको अखिल क्रान्तिाकारीका केन्द्रिय सदस्य नरेश विष्ठले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारीले छात्रवृत्ति पाएका विद्यार्थीबाट विभिन्न शिर्षकमा शुल्क लिएको, नर्सिङ अध्ययनका लागि विद्यार्थीहरुबाट चर्को शुल्क लिएकोले बारम्बार अनुरोध गर्दा पनि कलेज प्रशासनले बेवास्ता गरेको कारण ताडफोड गर्न बाध्य भएको बताएको छ । तोडफोडवाट कलेजका झ्याल, ढोका, फर्निचर र ल्याबका सामानमा क्षति पुगेको बताइएको छ । बिएनविले स्नातक तहमा पुर्वाञ्चल विश्व विद्यालय र पि.सी.एल नर्सीङ तर्फ सिटिइभिटीद्धारा मान्यता लिएको छ । दोहोरो स्थानबाट मान्यता लिनु शिक्षा ऐन विपरीत भएको अखिल क्रान्तिकारीको दावि छ ।