डोटीमा ४० जनाद्धारा फोटो सहितको नामावलीमा नाम दर्ता



विमल विष्ट,डोटी ।
जिल्ला निर्वाचन कार्यालय डोटीले आईतबार बाट पुःन फोटो सहितको मतदाता नामावली संकलनको कार्य सुरु गरेपछि पहिलो दिन मात्रै ४० जनाले नाम दर्ता गराएका छन । डोटीमा आईतबार २८ पुरुष तथा १२ महिला गरी ४० जनाले नाम दर्ता गराएका हुन् ।

पहिलो दिन जिल्ला निर्वाचन कार्यालय डोटीमा पुगेर ४० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत नन्दिराज ओझाले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले साउन १ गते देखी साउन १५ गतेसम्म जिल्ला सदरमुकाम स्थित आफनो कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन समय तोकेको छ ।

आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरिएको हो ।

यतिमात्र नभई जिल्ला निर्वाचन कार्यालय डोटीले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई पनि नागरिकताको प्रमाणपत्र लिई सम्पर्क राख्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्