एमाले स्थायी समिति बैठक सम्पन्न, निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेलाई अमान्य

0
Shares

 

पुष्कर बुढाथोकी, भक्तपुर
नेकपा एमालेले संविधानअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा जोड दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले २४० निर्वाचन क्षेत्रको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो। सरकारले गरेको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव मान्य नहुने बताउँदै उहाँले भन्नुभयो– ‘संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेको अडान छ।’

बैठकले तत्कानिर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्नेमा जोड दिएको भट्टराईले बताउनुभयो। एमाले स्थायी समिति बैठकले प्रदेश र संघको निर्वाचनका लागि आजबाट शुरू गरिएको मतदाता संकलनको काममा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ। एमालेले मधेसवादी दलहरूसँगको वार्ता जारी राख्ने निर्णय गरेको बताउँदै प्रचार विभाग प्रमुख भट्टराईले एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपालोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको बताउनुभयो।

भट्टराईकाअनुसार एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपालोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ।

उहाँले भन्नुभयो– ‘राजपा, विजयकुमार गच्छेदार, उपेन्द्र यादवसँग एमालेको भइरहेको छलफसकारात्मक रूपमा अगाडि बढेको छ, पार्टीले छलफलबाट ठोस परिणाम आउने अपेक्षा गरेको छ, छिट्टै सकारात्मक परिणाम बाहिर आउनेछ।’ मधेसवादी दलसँग सकारात्मक वार्ता भइरहेको बताउँदै उहाँले परिणाममुखी वार्ता भएपछि निर्णय सार्वजनिक गरिने बैठकमा छलफभएको उल्लेख गर्नुभयो।

एमालेले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षणा दिनेसमेत निर्णय गरेको छ। ६ वटै प्रदेशका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई यही साउनभित्र प्रशिक्षण दिने निर्णय गरेको भट्टराईले बताउनुभयो। यसै गरी तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशमा पनि विजय हासिगर्न सक्रिय भई खट्न एमालेले कार्यकर्तालाई निर्देशन दिएको छ।

एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशन खुल्ला गर्ने गरेको बताउँदै एमाले प्रचार विभाग प्रमुख भट्टराईले आगामी निर्वाचनअघि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्ने एमाले स्थायी समिति बैठकले निर्णय गरेको उल्लेख गर्नुभयो। दिउँसो साढे एक बजेदेखि साढे ४ घण्टा चलेको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायत अधिकांश स्थायी समितिका नेताहरूको सहभागिता रहेको थियो।