क्वेरीसँग मुरे स्तब्ध

0
Shares

 

लन्डन, (एजेन्सी)
लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंगल्सतर्फ अमेरिकाका साम क्वेरीले विश्व नम्बर एक एन्डी मुरेलाई स्तब्ध तुल्याएका छन्।
बुधबार सेन्टर कोर्टमा भएको क्वाटरफाइनल खेलमा क्वेरीले पाँच सेटको संघर्षमा मुरेलाई पराजित गरेर अन्तिम चारमा स्थान समेत बनाए। क्वेरीले पहिलो सेट हारे पनि दोस्रो सेट जिते भने तेस्रो सेट टाइब्रेकमा गुमाए। तर २–१ सेटले अग्रता लिए पनि मुरेले घरेलु दर्शकका अगाडि बाँकी दुई सेट सहजै गुमाएर विम्बल्डनको क्वाटरफाइनलबाटै बाहिरिनुपर्यो। सो खेल क्वेरीले ३–६, ६–४, ६–७, ६–१, ६–१ को सेटले जितेका थिए।

क्वेरी ८ वर्षपछि विम्बल्डनको सेमिफाइनलमा पुग्ने पहिलो पुरुष अमेरिकी खेलाडी बनेका छन्। यसअघि सन् २००९ विम्बल्डन सेमिफाइनलमा एन्डी रोडिक पुगेका थिए। २४औं वरियताका क्वेरीसँग हारेपछि मुरेले विश्व नम्बर एक स्थान पनि गुमाउने भएका छन्। सर्बियाका नोभाक जोकोभिच सेमिफाइनलमा पुगेमा विश्व नम्बर एकमा पुन उक्लिने संभावना बनेको छ।