गोलाप्रथाबाट अध्यक्ष


 

काँकडभिट्टा, (नेस)
कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि गोला प्रथाबाट नेकपा एमालेका उम्मेदवारले जितेकी छन्। मंगलबार आएको मत परिणामअनुसार नेकपा एमालेका अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनः गणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएकामा पछि गोलाप्रथाबाट निर्णय गर्ने सहमति भएको थियो।

एमालेकी काफ्ले र कांग्रेसका राई दुवैले ८ हजार २ सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो।