ताप्लेजुङमा निर्वाचनको अनुगमनमा १७ संस्थाका ७९ जना पर्यवेक्षक खटिने

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागि ताप्लेजुङमा १७ संस्थाका ७९ जना पर्यवेक्षकले निर्वाचनको अनुगमन गर्ने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक नगरपालिका सहित ८ गाउँपालिकाको १ सय ५ केन्द्रमा पुगेर ति पर्यवेक्षकले अनुगमन गर्ने छन् ।

अनुगमनका लागि नेपाल मानव अधिकार संघका ३०, राष्ट्रिय निर्वाचन पर्यवेक्ष समिति (नियोक) का १८, राष्ट्रिय युवा संघ नेपालका १, सामुहिक अभियानका ४, निर्वाचन पर्यवेक्षण समिति नेपालका १, प्रजातान्त्रिक विचार समाजका १, बर्हिगमित पूर्व लडाकु नेपालका ३, भविष्य दर्पणका १ जना अनुगमनका लागि खटिने मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरि कल्याणकारी स्वयमसेवक संघका १, भ्रष्टचार विरुद्ध राष्ट्रिय अभियानका १०, जन अधिकार अभियानका १, विश्व उपभोत्ता महासंघका २, निर्वाचनका लागि युवा अभियानका ३, न्युज क्लव अफ नेपालका ७, नेपाल मतदाता अधिकार मञ्चका ४, इन्सेकका १ जना र निर्वाचन पर्यवेक्षण मञ्चका १ जनाले पर्यवेक्षणका लागि आयोगबाट स्विकृति लिएका छन् ।

Skip This