छब्बीस लाखको सुनसहित भारतीय पक्राउ


हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चेक प्वाइटमा मंगलबार विहान करिब साढे छ बजे चेक गर्ने क्रममा अवैध सुनसहित एक भारतीय पक्राउ परेका छन् ।

काठमाडौंबाट बीरगञ्जतर्फ जा“दै गरेको ना. ५ ख ५०१३ नम्बर बस जा“च गर्ने क्रममा अवैध सुन फेला परेको प्रहरीले जनाएको छ । बसमा सवार भारत मोतीहारी रक्सौल–१६, हर्दिया बस्ने करिब १८ वर्षीय मनिष कुमारलाई अवैधरुपमा ल्याइएको छब्बीस लाख बाइस हजार छ सय छत्तीस रुपिया“बराबरको ४ वटा ढिकामा रहेको सुनसहित मनिषलाई पक्राउ गरिएको हो ।
बरामद अवैध सुन ५ सय ५२ ग्राम रहेको बताइएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको र सुन राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।