विद्यार्थीलाई ६ लाख ४० हजार पुरस्कार


हेटौंडा, (नेस) । हेटांैडा स्कुल अफ म्यानेजमेन्ट महाविद्यालयले विभिन्न विधामा ६ लाख ४० हजार रुपिया“ बराबरको पुरस्कार स्थापना गरेको छ । म्यानेजमेन्ट प्रमुख पुरनबहादुर जोशीले आमा टीकादेवी जोशीको नाममा स्थापना गरेको पुरस्कारलाई विगतको तुलनामा केही फेरबदल गर्दै रकम थप गरेर ६ लाख ४० हजार पु¥याएका हुन् ।

 

जोशीले पत्रकार सम्मेलन गर्दै महाविद्यालयका कक्षा ११ र ११ मा अध्ययनरत् छात्रछात्रामध्ये राष्ट्रिय परीक्षा बोर्डले लिने वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर प्रथम हुने विद्यार्थीलाई नगद एक लाख रुपिया“ पुरस्कार दिने घोषणा गरे ।

 

कक्षा ११ मा उत्कृष्ट र कक्षा १२ मा उत्कृष्ट हुनेलाई एक÷एक लाख रुपिया“ पुरस्कार दिने निर्णय गरिएको जोशीले बताए । उत्कृष्ट हुनेलाई कदर तथा सम्मानपत्रले पनि विभूषित गरिने छ ।

 

विज्ञान तथा वाणिज्य संकायमा कक्षा ११ र १२ मा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १० हजार रुपिया“ प्रदान गरिने उनले बताए । यसअघि प्रदान गरि“दै आएको साहित्य, पत्रकारिता र खेलकुदका पुरस्कार पनि प्रदान गरिने उनले बताए ।