वेवारिसे अवास्थामा शिशुको जन्म, आमा र बच्चाको बिचल्ली


धनवीर दाहाल, रुकुम ।
करिव ४ वर्ष पहिले देखि सल्यानको रागेचौर थदर र टाट्केमा घुमन्ते जीवन विताउदै आईरहेकी महिलाले वेवारिसे शिशुको जन्म दिएकी छन । अन्दाजी वर्ष ३५ कि कुमारी वि.क नाम वताउने एक मानसिक सुन्तलन गुमाएकी महिलाले सल्यानको कुमाख मालिका नगरपालिका ४ त्रिवेणीमा वेवारिसे अवस्थामा नवजात शिशु छोरीको जन्मदिएकि हुन । खोलाकिनारमा शिुशुको जन्मभएको खवर पाए संगै स्थानिय प्रहरी र आमा समुहको संयुक्त प्रयासमा रक्तश्राव हुन सक्ने संकामा उहाँलाई उपचारको लागी चौरजहारी अस्पताल रुकुममा पुरयाईएको थियो । यतिबेला ति शिशु र सुत्केरी आमाको बिचल्ली भएको छ ।

अस्पतालमा शिशुको अवस्था सामान्य रहेको र आमाको मानसिक समस्या रहेको अस्पतालका मेडिकल डाईरेक्टर कालेव वुढाथोकीले जानकारी दिनुभयो । चौरजहारी अस्पतालमा मानसिक रोग सम्वन्धि विभाग नभएकोले सम्वन्धित अस्पतालमा उपचार गराउनुपर्ने आवाश्यकता रहेको डाक्टरले वताउनुभयो । वेवारिस अवस्थाको सुत्केरी महिला सगैं सहयोगको लागी चौरजहारी अस्पताल पुग्नुभएकी रागेचौर निवासी महिला स्वयमसेविका रत्ना शाही र आमा समुह अध्यक्ष रत्ना राणाले उहाँको सुत्केरी स्याहारमा सहयोग गर्नुभयो ।

 

रोपाईको समयमा आफना परिवारका नावालक छोराछोरी ल्याई त्यागेर मानविय धर्मको लागी आफुहरुले सहयोग गरेको महिला स्वयमसेविका शाहीले वताउनुभयो । स्थानियवासीको भनाईअनुसार विगतको समयमा मानसिक सुन्तुलन गुमाएकि महिलाले शिशु लाई च्यापेर मारेको आरोप लगाईएको छ । सुत्केरी महिलाको ठेगाना पहिचान नभएकै कारण अहिलेको नवजात शिशुको अवस्था केहुने भन्नेमा अन्योलता छाएको छ ।

 

अस्पतालले आज सुत्केरी महिला र शिशु लाई महिला स्वंयमसेविका र आमा समुह कि अध्यक्ष लाई वस भाडा सहित जिम्मा लगाएर डिस्चार्ज गरेको छ । उनीहरुले स्थानिय ईलाका प्रहरी कार्यालय रागेचौर र गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको जिम्मा लगाउने वताएका छन । केहि समय पहिले पनि जाजरकोट सदरमुकाम खलंगा र चौरजहारी वजारमा घुमन्ते जीवन विताउदै आईरहेकी आच्छु नाम गरेकि एक महिलाले वेवारिसे शिशुको जन्मदिएकी थिईन ।

 

मानसिक सन्तुलन गुमाएकि महिलाले पाएको वेवारीसे शिशुलाई स्थानिय एक महिलाले धर्म पुत्रीको रुपमा पाल्दै आउनुभएको थियो । शिशुमा एकाएक वहुअपांगताको समस्या देखापरेर निधन भएको थियो भने आमाको पनि त्यस अघि नै निधन भैसकेको थियो । नेपालमा राज्यले वेवारिसे टुहुरा घरवारविहिनी भएका नागरिकहरुका लागी सहि व्यवस्थापन तथा उपचारको ग्यारेण्टी नगर्दा अकालमै ज्यान गुमाउनेको संख्या वढदो अवस्थामा रहेको छ । भने महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था र सम्वन्धित सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।