संविधानले हिमाल,पहाड र तराईलाई समेटेको छ : नेता नेम्वाङ


 

पाँचथर, ७ असार । नेकपा ९एमाले०का नेता सुवास नेम्वाङले सत्ता पक्षले स्थानीय तहको निर्वाचन सारेर देशलाई अस्थिरतातर्फ धकेलेको बताउनुभएको छ ।

राजपा पार्टीले नचाहँदा नचाहँदै पनि जबर्जस्त २ नं प्रदेशमा निर्वाचनको मिति सारेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाँको आरोप रहेको थियो ।

आज पाँचथरको कुम्मायक गाउँपालिकास्थित याशोकमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताउनुभएको हो । वर्तमान सरकारको यस्तै रबैयाका कारण आगामी माघसम्ममा तीन तहको निर्वाचन अनिश्चित हुनसक्ने भन्दै अब जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनगामी पार्टी एमाले नै भएकाले एमालेप्रतिको जनसागर देशभर उर्लिदोरुपमा रहेको दाबी गर्नुभयो ।

उहाँले नेपालको संविधानले हिमाल, पहाड र तराईका सबै समुदायलाई समेटेको बताउनु भयो ।
सो कार्यक्रममा नेकपा ९एमाले०का केन्द्रीय सदस्य डम्बर सिंह सम्बाहाम्फे, केन्द्रीय सदस्य देउमान सम्बाहाम्फे, कुम्मायक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जयबहादुर चेम्जोङ, उपाध्यक्ष पदको उम्मेदवार सीता आचार्यले कुुम्मायक गाउँपालिकाको समृद्धि र दिगो विकासका लागि नेकपा एमालेप्रतिको जनताको आकर्षण बढेको भन्दै जीत निश्चित भएको बताउनुभयो । रासस