रुपन्देहीमा एक मेयर सहित २३ को उम्मेदवारी फिर्ता



नेपाल समाचारपत्र, बुटवल ।
आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लाको ८ सय ७ खुल्ला पदका लागि ४ हजार ४ सय ४५ जनाको उम्मेदवारी परेकोमा मंगलवार मेयर सहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

 

तिलोत्तमा नगरपालिकाका स्वतन्त्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिएका गणेश पाठक , उप मेयर महाशर्मा न्यौपाने , वर्डा नम्बर ७ का अध्यक्षका उम्मेदवार निर बहादुर खडका र वर्डा नम्बर १३ का अध्यक्षका उम्मेदवार धनलाल अधिकारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नेत्र भुसालले बताउनु भयो ।

 

बुटवल उपमहानगर पालिकावाट एक उप मेयर सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन । नगरमा स्वतन्त्रवाट उप मेयरमा उम्मेदवारी दिएका हुम नाथ न्यौपाने, वडा नम्बर २ वाट स्वतन्त्रका अध्यक्ष महेन्द्र राज भण्डारी, वडा नम्बर ६ का राप्रपावाट सदस्य का उम्मेदवार सुरज गुरुङ, वर्डा नम्बर ९का वर्डा अध्यक्ष उम्मेदवार नारायण खनाल, र वडा नम्बर १७ का नयाँ शक्तिवाट सदस्यका उम्मेदवार केशव गैरेले उम्मेदवारी फिर्ता लिनु भएको निर्वाचन अधिकृत भरतमणि पाण्डेले बताउनु भयो ।

 

त्यस्तै देवदह नगर पालिकामा राजमोवाट उप मेयरमा उम्मेदवारी दिनु भएकी धन कुमारी थापाले उम्मेदवारी फिर्ता लिनु भएको छ


सिद्धार्थ नगर पालिका वर्डा नम्बर ६ की संघिय समाजवादीकी सदस्य अनुपमा हरिजन, स्वतन्त्रर वर्डा नम्बर ९ का रवि गुप्ता, वडा नम्बर २ का अध्यक्ष सन्जिव गुरुङ, ४ का वडा अध्यक्ष नन्दलाल यादव र वडा सदस्य सनवार अलि तेलीले उम्मेदवारी फिर्ता लिएका छन ।

त्यस्तै सैनामैना नगर पालिकामा राप्रपाका वर्डा नम्बर ४का सदस्य लिल बहादुर थारु, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवार सन्जित मल्ल ठकुरी र वर्डा नम्बर ८ का स्वतन्त्रका अध्यक्षका उम्मेदवार घनश्याम पाण्डेले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

सियारी गाउ पालिकावाट १, समरिमाईमा २, कंचन मा १ र होम सतिया १ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्