चितवनको मुद्दा लम्बियो

0
Shares

काठमाडौ (नेस) ।
सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा देखिएको विवादमा परेको मुद्दामा निर्वाचन आयोगले के आधारमा फेरि मतदान गराउने निर्णय गरेको हो सो को निर्णय अदालतमा झिकाउने निर्णय गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यस्तो निर्णय गरेको अधिवक्ता विकास भट्टराईले जानकारी दिनुभयो ।

वडा नम्बर १९ को मतगणना चलिरहेको बेलामा दलका प्रतिनिधीले मत पत्र च्यातेपछि विवाद भएपछि निर्वाचन आयोगले फेरि मतदान गराउने निर्णय गरेको थियो ।

तर, आयोगको निर्णयको विरोध गर्दै नेकपा एमालेको अगुवाइमा सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो ।