राजपा नेता राजेन्द्र महतोलाई पितृशोक


काठमाडौं (नेस) ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पिता खोभारी महतोको सोमबार बिहान निधन भएको छ ।

उहाँको १०० वर्षको उमेरमा सर्लाहीको बेलवासस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

आजै सर्लाहीको बागमती नदीको कर्मैया घाटमा उनको दाहसंस्कार गर्ने कार्यक्रम रहेको समाचारपत्र संवादाता विपी साहले जानकारी दिनुभएको छ ।

निर्वाचन बहिस्कार गतिविधिमा तिब्र रुपमा लाग्नुभएको राजेन्द्र महतो पिताको मृत्युपछि सर्लाही स्थित घर फर्किनुभएको छ ।