सबै कुरा स्थानीय तहमा पाइन्छ : गौतम


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले स्थानीयका सवै आवश्यकता स्थानीय तहबाटै प्राप्त हुने बताउनुभएको छ । उम्मेदवारहरुको मनोनयन दर्तापछि नौबहिनी गाउँपालिका ६ बाहानेमा आयोजित सभालाई सम्वोधन गर्दै नेता गौतमले सवै सेवा सुविधा स्थानीय तहमा पाईने बताउनुभएको हो ।

‘सरकारी सवै सुविधा अब गाउँमै पाइन्छ,’ उहाँले भन्नुभयो,‘रोजगारीको सृजना पनि गाउँमै हुन्छ ।’ उहाँले नेकपा एमालेले स्थानीय तहलाई व्यवस्थित गर्ने गरि योजना ल्याएको समेत बताउनुभयो ।

स्थानीय तहको विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक पर्ने उहाँको भनाई छ । नेता गौतमले विजुवार पुण्यखोलामा भएको मनोनयन दर्तापछिको सभालाई पनि सम्बोधन गर्नुभएको थियो।