महोत्तरीमा तनाव : मोटरसाईकलमा आगजनी



लक्ष्मी कुमार साह,महोत्तरी ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै महोत्तरीको सहोडवामा मोटरसाईकल जलाएका छन् ।

जनकपुरबाट कार्यालयको कामका लागि जलेश्वरतर्फ आउँदै गर्दा राजपाका कार्यकर्ताहरुले सहोडवामा बा १ ब ३८२ नम्बरको मोटरसाईकल रोकी मटितेल छर्की आगजनी गरेको हो ।

आगजनीबाट मोटरसाईकल पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले जनाएको छ । सो मोटरसाईकल सडक डिभिजन कार्यालय मुजेलियाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्