महोत्तरीमा एक युवकको हत्या


लक्ष्मी कुमार साह,महोत्तरी ।
महोत्तरीमा एक युवकको हत्या भएको छ ।

महोत्तरी गाउँपालिका १ पर्सा बस्ने २२ वर्षीय नजाम नदाफ भन्ने एक युवकको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले जानकारी दिएका छन् ।

नदाफ पाँच महिना अघि नै विदेशबाट फर्किएका थिए । शनिबार साझ ७ बजे घरबाट निस्केका नदाफको आईतबार बिहान जलेश्वर जनकपुर सडक खण्डको ३ सय मिटर उत्तर विग्ही नदिको बाँधमा हत्या गरिएको अवस्थामा शव फेला परेको उनका परिवारजनले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यस घटनाको छानविन तथा थप अनुसन्धान जारी रहेको बताएका छन् ।