तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु



काठमाडौ (नेस) ।
दोस्रो चरणेमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता बिहान ८ बजेबाट उम्मेदवारी दर्ता सुरु भएको हो ।
उम्मेदवारी दर्ताको समय अपरान्ह ४ बजेसम्म निर्धारण गरेको निर्वाचन आयोगले बताएको छ ।

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गराउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

प्रदेश नम्बर ३, ४ र ६ मा भने गत बैशाख ३१ गते चुनावसम्पन्न भैसकेको छ ।

प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता रहेका छन् ।

हुन लागेको आगामी असार १४को चुनाव लागि ३६४ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्