लुटिएका वृद्धलाई चन्दा संकलन


 

जकार्ता, (एजेन्सी)
इन्डोनेसियाका जनताले १० लाख रुपियाँभन्दा बढी अमेरिकी डलर लुटिएका ९४ वर्षीय सुरतमानको समर्थनमा विरोध र्याली निकालेका छन्। ती केरा बेच्ने वृद्धलाई एकजना ड्राइभरले फलफूल किन्ने वहानामा एउटा सवारी साधनमा लगेर लुटपाट गरेको बताइएको छ।

ती ड्राइभर र अर्को एक व्यक्तिले लुटपाटपछि उनलाई लात्तीले हिर्काएर सवारी साधन चढेर भागेको पीडित वृद्धले बताएका छन्। एक व्यक्तिले सुरतमानको दुःखबारे अनलाइनमा भिडियो पोस्ट गरेपछि उनका लागि सहानुभूति र चन्दा ओइरिएको छ।

सुरतमानले यसै महिनामा पर्ने मुश्लिमहरूको महान् पर्व इद अल फितरका बेला सो पैसाले नयाँ फर्निचर किन्ने योजना बनाइरहेको बताइएको छ। यो घटना सुमात्रा टापुको जाम्बी प्रान्तमा भएको हो।
टोमी रेज्जा नामक एक स्थानीय व्यक्तिले आफूले लुटिएपछि रोइरहेको अवस्थामा उनलाई फेला पारेको बीबीसीलाई बताएका छन्। रेजाले नै आफ्नो एक साथीको सहयोगमा उनको भिडियो पोस्ट गरेर पैसा संकलन गरिदिएका हुन्।

सुरतमानका लागि जाम्बीलगायत हङकङ र मलेसियामा रहेका मानिसहरूले पनि पैसा पठाइरहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा राखिएको उक्त भिडियो हेरेर धेरै व्यक्तिहरूले लुटेराहरूप्रति आक्रोस व्यक्त गरेका छन्।