आर्थिक रुपमा धरापमा पर्यो वीरगन्ज

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज

चालू आर्थिक वर्ष सकिँनै लाग्दा वीरगन्ज महानगरपालिका आर्थिक रुपमा धरापमा परेको छ। वीरगन्ज महानगरपालिका कार्यालयले अर्थ अभावमा आव २०७३⁄७४ को आधा योजना पनि सञ्चालनमा ल्याउन नसकेको हो।

२० करोड आन्तरिक आम्दानी रहेको वीरगन्ज महानगरपालिकाले आव २०७३⁄७४ को लागि १ अर्ब ४० करोड वार्षिक बजेट रहेको वीमनपाले विनियोजन गरेको विकासका काममध्ये आधाभन्दा कम काम गर्न सकेको योजना प्रमुख तथा सूचना अधिकृत प्रकाशमान सिंहले बताउनुभयो।

उहाँले गत वर्ष सम्पन्न भएका योजनाहरूको भुक्तानी नभएको र यस वर्ष नयाँ योजनाहरू सञ्चालन गर्दा भुक्तानीकै समस्या भएको कारण घोषित योजनाहरूको टेन्डर र उपभोक्ता समितिमार्पmत् काम गराउन नसकिएको बताउनुभयो। योजना प्रमुख सिंहले महानगरको बजेट समस्याले यस वर्ष तोकिएको विकास योजनामध्ये केही टेन्डरबाट र केही उपभोक्ता समितिमार्पmत् काम गरिएको बताउनुभयो। थुप्रै घोषित योजनाहरू अहिले अर्थ अभावमा टेन्डर गर्न नसकिएको र उपभोक्ता समितिमार्पmत् पनि काम गर्न नसकिएको उहाँले बताउनुभयो।

टेन्डर सकार गरेकाले अर्थ अभावमा काम नगरेको र उनीहरूलाई दबाब दिन नसकिएको सिंहले बताउनुभयो। अहिले सीमा क्षेत्र विकास कार्यक्रम अनुरूप महानगरको ५ वडामा करिब २ करोड २२ लाख बराबरको काम शुरु भएको छ। यो बजेट भर्खरै एक हप्ता अगाडि आएकाले उपभोक्तामार्पmत् काम गराउनु परेको सिंहले बताउनुभयो।

यसैगरी नगर पूर्वाधार कार्यक्रम अनुरूप पिच बनाउने मेसिन खरिदको काम पेन्डिङमा परेको छ। पिच बनाउने कम्प्याक्टर मेसिन खरिदको लागि ८० लाख रुपियाँ विनियोजित रकम कम परेको र यसको बजार मूल्य १ करोड २० देखि १ करोड ४० लाख रुपियाँ पर्ने हुनाले चारपटक निकालिएको टेन्डरमा एउटै आवेदन नपरेकाले यो योजना पनि स्थगित छ। तर, नगर पूर्वाधार कार्यक्रम अन्तर्गत वीपी उद्यानमा पर्खाल घेर्ने काम, होटल भिस्वा, रामगढवामा नाला, सडक निर्माण र वारुण यन्त्रको निर्माण कार्य भएको उहाँले बताउनुभयो। सडक बोर्डबाट प्राप्त १ करोड ६६ लाखबाट १४ स्थानमा उपभोक्ता समितिमार्पmत् काम भइरहेको योजना प्रमुख सिंहले जानकारी दिनुभयो।