महासंघको ३ नम्बर प्रदेशको अध्यक्षमा श्रेष्ठ

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । धुलिखेलमा शनिबार सम्पन्न साधारणसभाले ३ नम्बर प्रदेशको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो।

नेपाल उद्योग बाणिज्य महासंघको गत चैत २९ गते भएको निर्वाचनमा जिल्ला नगर उपाध्यक्षतर्फ श्रेष्ठ झिनो मतअन्तरले पराजित हुनु भएको थियो। श्रेष्ठ अघिल्लो कार्यकालमा वस्तुगत तर्फको उपाध्यक्ष हुनुहुन्थ्यो।

उक्त साधारणसभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसमा उपाध्यक्ष राजन गौतम र कृष्णप्रसाद अवाल निर्वाचित हुनु भएको छ। त्यस्तै कोषाध्यक्षमा ज्ञानबहादुर विसुराल तथा सदस्यहरूमा गुणराज श्रेष्ठ, मन्जु कोजु श्रेष्ठ, पशुपति खड्का, प्रकाश मानन्धर, विनय श्रेष्ठ, सविन श्रेष्ठ, खडानन्द त्रिपाठी, विदुर पराजुली र सुन्दर कार्की निर्वाचित हुनु भएको छ।