लुक्ला जहाज दुर्घटनामा मर्नेको संख्या २ पुग्यो


काठमाडौ (नेस) ।
गोमा एयरको नाइन एन एके वाई कल साइन र एलईटी ४१० फ्लाइट नम्बरको कार्गो विमान लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा शनिबार दुर्घटना भएको छ।

विमानका सिनियर क्याप्टेन पारसकुमार राईको उपचारका क्रममा पासाङ ल्हामु निकोलनिकी अस्पतालमा निधन भएको छ भने सहचालक सिर्जन मान्नदरको शनिवार बेलुकै उपचारको क्रममा ज्यान गएको छ ।

साथै घाइते एयर होस्टेज प्रज्ञा महर्जनको भने उपचार भैरहेको छ ।

अवतरण गर्न १ मिनेट बाँकी रहँदा विमान दुर्घनामा परेको हो। काठमाडौंबाट १ बजेर २९ मिनेटमा सामान बोकेर लुक्ला पुगेको विमान २ बजेर ५ मिनेटमा तेन्जिङ हिलारी विमानस्थलमा अवतरण गर्नुपर्नेमा विमान २ बजेर ४ मिनेटमा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

विमानमा रहेका सिनियर क्याप्टेन पारसकुमार राई, कोपाइलट सृजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन गरी ३ जना सवार थिए।