एमाले–कांग्रेसको समीकरणमा सरकार हुनसक्छ ः बिजुक्छे


नेपाल समाचारत्र
भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस र एमालेको समीकरणमा नयाँ सरकार गठन हुन सक्ने बताउनुभएको छ। शुक्रबार भक्तपुरस्थित डा. इवामुरा अस्पतालद्वारा आयोजित भक्तपुर नगरपालिकाका मेयर, उपमेयरलगायतका पदाधिकारीलाई बधाई तथा स्वागत कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले यस्तो संकेत गर्नुभएको हो।

सरकारले दोस्रो चरणको निर्वाचनअघि आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो। नयाँ सरकार गठनको प्रक्रिया आचारसंहिता विपरीत भएको दाबी गर्दै अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने बताउनुभयो। उहाँले आफूहरू प्रतिपक्षमा बसेर जनताको हकअधिकार स्थापनाका लागि आवाज उठाउने बताउनुभयो।

अध्यक्ष बिजुक्छेले दोस्रो चरणको स्थानीय तहको निर्वाचन भव्य र सभ्यरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा झक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, उपमेयर रजनी जोशीलगायत नगरका सबै वडाका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।