सगरमाथाको क्याम्पबाट उद्धार


नेपाल समाचारपत्र
काठमाडौं
चर्चित पर्वतारोही फुर्बा तेन्जिङ शेपालाइ सगरमाथाको क्याम्प टु बाट उद्धार गरी काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको छ। ११ पटक सगरमाथाको चुचुरोमा पाइला टेक्ने कोशिसमा रहेका चर्चित पर्वतारोही फुर्वालाई बिहीबार सगरमाथाको क्याम्प टु बाट उद्धार गरी फ्रोस्ट वाइट भएको र स्वास प्रश्वासमा कठिनाइ भएपछि क्याम्प टु बाट उद्धार गरी अस्पताल ल्याइएको एक्पिडिसन कम्पनी ड्रिमर्स डेस्टिनेसनका म्यानेजर पाल्देन शेर्पाले जानकारी दिएका छन्।

फुर्बालाई हाइ अल्टिच्युड सिकनेस तथा पल्मोनरी इडेमा भएपछि स्वास फेर्न गाह्रो भएको र उनको अनुहारमा फ्रोस्ट बाइट भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. अजय सिहं थापा र ईएमएस तथा प्रि हस्पिटल केयर कोअर्डिनेटर डा. सञ्जय कार्कीले जानकारी दिएका छन्। फुर्बाको अवस्था स्थिर रहेको र थप उपचारका लागि भर्ना गरिएको ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो।

ग्रान्डी अस्पतालले यसअघि पनि यस किसिमका थुप्रै हिमाल आरोहीहरूलाई उद्धार गरी सुरक्षित रूपमा अस्पताल ल्याएर सफल उपचार गरिसकेको छ। दोलखा गौरीशंकरमा जन्मिएका २७ वर्षीय फुर्बाले गाइड र नेतृत्वकर्ता भएर सन् २०१३ सम्म २४ वर्षको उमेरमै १० दिनमा दुईचोटि, ३ दिनमा दुईचोटि र २४ वर्षको उमेरमा ९ पटक गरी तीन विश्व कीर्तिमान बनाइसकेका छन्।