ट्रम्पको पहिलो विदेश भ्रमणमा साउदीलाई प्राथमिकता


शिखर सम्मेलनमा भाग लिने

रयाद,(एजेन्सी)
अमेरिकी राष्ट्रपति बने यता पहिलो पटक विदेशी भ्रमण गर्ने क्रममा डोनाल्ड ट्रम्प शनिवार साउदी अरेविया आइपुगेका छन् । आठ दिने विदेश भ्रमणको क्रममा उनको इजरायल , प्यालेस्टाइनी भुभाग ,ब्रसेल्स , दि भेटिकन , सिसिली पनि पुग्ने कार्यक्रम रहेको छ । यता अमेरिकी संघिय अनुसन्धान ब्युरो ( एफबिआइ) का निर्देशक जेम्स कोमीलाई वर्खास्त गरेको कारण आफ्नै देशमा ट्रम्पको निकै आलोचना भइरहेको छ ।

साथै उनले अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसी प्रभाबबारे जाँचबुझ गराउन एक विशेष अधिकारी नियुक्त गर्नेबारे कडा विरोध जनाउँदै आएका छन् । ट्रम्पको यस भ्रमणलाई अनौठो संयोग पनि मान्नु पर्दछ । किनभने उनी इस्लाम , यहुदी र इसाइका तिनै वटा राजधानीमा पुग्दैछन् ।

ट्रम्प आइपुग्ुन केहि घन्टा अघि साउदी हवाई प्रतिरक्षा इकाइले हौथी लडाकुहरुले यमनबाट प्रहार गरेको एउटा रकेट राजधानी रियाद देखि दक्षिणी भागमा खसालेको दावी गरेको थियो । उक्त घटनाको लगत्तै साउदी लडाकु विमानहरुले यमनी राजधानी साना नजिकका विभिन्न स्थानमा जवाफी आक्रमण गरेको बुझिएको छ ।

हालै साउदीबाट अमेरिकालाई एक सन्देश पठाउँदै साउदी राजकुमारले साउदीले अमेरिका विश्वको महाशक्ति राष्ट्र बनोस् भन्ने चाहेको आशय व्यक्त गरेको ट्रम्पले खुलासा गरेका छन् । साउदी सरकारले पनि राष्ट्रपति ट्रमप आउनुलाई यस क्षेत्रमा बृहत अमेरिकी व्यस्तताको रुपमा लिएको छ ।
साउदीले यसअघिका राष्ट्रपति वाराक ओवामाले सिरियामा उक्साउने काम गरेको र रियादको प्रमुख शत्रु इरानसंग आणविक समझौतामा ध्यान केन्द्रित गरेकाले अब सम्बनधलाई अर्कै दिशामा मोड्न थुप्रै वार्ता गर्नुबाँकी रहेको जनाएको छ । सायदी विदेशमन्त्री अदेल अल जुवेइरले अमेरिकी राष्ट्रपति ट्रमपको पहिलो वैदेशिक भ्रमणको गन्तव्य साउदी हुनुमा कुटनीतिक विद्रोहको रुपमा लिएका छन् ।

एक वरिष्ठ साउदी अधिकारीका अनुसार अब अरव राज्यहरुले आफ्नो शत्रु राष्ट्र इजरायलसंगको समबन्ध सामान्यीकरणका लागि नयाँ कदम चलाउन छलफल गरिरहेको बताएक छन् । अमेरिका समेत सं)लग्न रहने यसपालिको रियाद शिखर वार्ताले आतंकवादीहरु विरुद्ध नयाँ मोर्चा कस्नेबारे ध्यान केन्द्रित गर्ने बताइएको छ ।

साथै साउदीको मुख्य उद्देश्य आफ्नो सबैभन्दा खतरानाक शत्रु राष्ट्र इरान माथि अमेरिकी र अन्य मुलुकहरुको दवाव दिलाउनु रहेको छ । ट्रम्पले रियादमा अरव इस्लामिक अमेरिकी शिखर सम्मेलनमा भागलिने क्रममा आफ्नो इस्लामको शान्तिपुर्ण परिकल्पना र विश्वमा शान्ति , प्रगति र सम्वृद्धिबारेको साझा परिकल्पनाबारे बोल्ने बताइएको छ ।

राष्ट्रपति बनेको केहि समय पछि नै सुरक्षाको कारण मुश्लिमहरुलाई अमेरिका प्वेशमा अस्थायी प्रतिवनधका घोषणा गरेर ट्रम्प ठुलो विवादमा फसेका थिए । त रअमेरिकी अदालतहरुले उनको सोआदेश पत्र माथि अंकुस लगाएका थिए । साउद िशिखर सम्मेलनको प्रमुख एजेन्डा इस्लामिक लडाकुहरु विरुद्धको युद्ध र इरानको क्षेत्रिय प्रभाब नियन्त्रित गर्नु रहने अनुमान गरिएको छ ।

तर सुडानका राष्ट्रति ओमार अल बसिरले भने यो सम्मेलनमा भाग नलिने भएका छन् । बसिर माथि अपराध मामिला हेर्ने अन्तर्राष्ट्रिय न्यायालयले युद्ध अपराधको अभियोग लगाएको छ । अमेरिका यस्तो अभियोग लगाइउका व्यकितको त्यहाँ उपस्थित नहोस् भन्ने चाहन्छ । यसैगरी वाराक ओवामाले जस्तै ट्रम्पले आफ्नौ यस ऐतिहासिक भ्रमण दौरान मानव अधिकार माथि जोड नदिने बुझिएको छ ।

औपचारिक कुटनीति भन्दा परै रहेर शनिवार अमेरिकी कन्ट्री म्युजिक स्टार टोवि केइथले साउदी गायक रावेह सागेरसंग रियादमा निशुल्क कन्सर्ट दिने कार्यक्रम रहेको छ । इस्लामिक रितीरिवाजलाई कडा रुपमा पालना गर्ने र रक्सीमाथि पुर्णत प्रतिवनध लगाइएको साउदी अरेवियामा केइथले आफ्ना हिट गीतहरु , ‘ आइ लभ दिस बार ’ , ‘ व्हिस्की गर्ल र ’ ड्रन्क अमेरिकन्स ’ जस्ता गीत गाउन लागेका हुन् ।

तर यस कन्सर्टमा साउदी परम्परागत पोशाक पहिरेका २१ वर्ष नाघेका पुरुषहरुलाई मात्र प्रवेश दिइन लागेको हो । यसैबिच ट्रम्पले रुसी अधिकारीहरुलाई एफबिआइ निर्देशक जेम्स कोमीलाई वर्खास्त गरेपछि आफु माथिको ठुलो भार हलुँगो भएको बताएको दि न्युयोर्क टाइम्सले जनाएको छ ।