चाँगुनारायणमा विवाद चर्कियो, नतिजा सार्वजनिक रोकियो


भक्तपुर, ६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ ।

नेकपा(एमाले)को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन ।

बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ ।

वडा नं– ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । मध्यान्हसम्म पटक÷पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस