खाल्डोमा खसेर शिक्षकको मृत्यु


सलिम अन्सारी,प्यिूठान

गोवर ग्याँस बनाउन प्रयोग गर्ने खाल्डोमा खसेर एक शिक्षकको मृत्यु भएको छ।

सरुमारानी गाउँपालिका २ दर्भान निवासी ५३ बर्षिया डिल्लि प्रसाद शर्माको घटनास्थल मै मृत्यु भएको प्रहरी चौकी दर्भानले वताएको छ।

शनिवार बिहान गोवर ग्याँसको सेप्टि टयाँकी सफा गर्ने क्रममा चिप्लिएर खाल्डोमा खस्दा उहाँको ज्यान गएको हो।

मृतक शर्मा स्थानिय सरस्वती माबिका प्राबि तहमा स्थायी रुपमा शिक्षण गर्दै आउनुभएको पारिवारिक श्रोतले जानकारी दिएको हो।