सडकको करोडौं रकम बालुवामा पानी, हिउँदमा खनेका सडक बर्षामा हराउँछ


सलिम अन्सारी प्यूठान
सडक निर्माणका लागीे गाउँ बिकास समिती र जिल्ला बिकास समितीबाट वर्षेनी ठुलो हिस्सामा सडक निर्माणमा वजेट बिनियोजन हुने गरेको छ । विनियोजित बजेटले सडक पनी खनिन्छ तर बर्षात हुनासाथ बनेका सडकहरु भतिकएर काम नलाग्ने हुन्छन ।

हिउँदमा खनिएका सडक बर्षायाम सुरु हुने बितिकै भत्कन थाल्ने र स्तरउन्नती नहुँदा यातायातका साधन मात्र होइन मानिसहरुलाइ आवत–जावत गर्न समेत समस्या हुने गरेको बहानेका स्थानिय महेश थापाले बताउनुभयो । गाउँमा वनाइने अधिकांस सडक स्कयाभेटरको प्रयोग गरेर खनिएकाले भुक्षय र पहिरोको खतरा समेत बढेको थापाको भनाइ छ । सडक जथाभावी खन्नेभन्दा पनी आवाश्यताको आधारमा बनाइनुपर्ने र खनिएका सडकलाइ मर्मत सम्भारमा ध्यान दिइनुपर्ने उहाँको माग छ ।

जिल्ला बिकास समिती प्यूठानको तथ्याङ्क अनुसार जिल्लाभर ४ सय ५ किलोमिटर सडक सज्जाल छ । बनेका अधिकांस सडकको मर्मत सम्भार र स्तरउन्नती हुन नसक्दा अहिले जम्मा १ सय ६० किलोमिटर सडकमा मात्र बाह्रै महिना यातायातका साधन चल्ने गरेका छन ।

निर्माण पुरा भइसकेका सडकमा बर्षको ६ महिना भन्दा बढी सवारीसाधन गुडदैनन । जिल्लाभर सडक जालो फैलिएपनी कम्जोर संरचनाका कारण बर्षायाममा सडक अवरुद्ध हुने गरेको हो । जिबिस तथा साँसद विकास कोषको लगानीमा खनिएका भिङ्ग्री स्वर्गद्धारी, बाग्दुला बहाने हुँदै डाम्री, लिघा खवाङ, बडडाडाँ पुटाखोला लगायतका दर्जनौ ग्रामिण तथा कृषि सडक खण्डमा बर्षायाममा टयाक्टर समेत चल्न नसक्ने स्थानियले बताएका छन ।

जिबिस तथा साँसद विकास कोषको लगानीमा खनिएका भिङ्ग्री स्वर्गद्धारी, बाग्दुला बहाने हुँदै डाम्री, लिघा खवाङ, बडडाडाँ पुटाखोला लगायतका दर्जनौ ग्रामिण तथा कृषि सडक खण्डमा बर्षायाममा टयाक्टर समेत चल्न नसक्ने स्थानियले बताएका छन ।

ग्रामिण सडक हिउँदे सडकका रुपमा बिकास भएका छन । यातायात नचल्ने सडकमा खर्च गरिएको करोडौ रुपैयाँ खेर गएको छ । एक दशक यता सडक निर्माणले जिल्लामा तिब्रता पाए पनी हाल सम्म तिनको दिगो व्यबस्थापन नहुँदा लगानी त्यसै खेर गएको हो । कच्ची सडक बिस्तारको काम अझै रोकिएको छैन । सडक बिस्तार पछि लाभान्वित हुने स्थानियको अपेक्षा भएपनी बाटो खनिएपछी यस्को स्तरउन्नती हुन नसक्दा उनीहरु थप मर्कामा परेका छन । ३ सय ११ किलोमिटर कच्ची सडक हिउँदमा मात्र सुचारु हुन्छन । अहिल सम्म २२ ओटा सडकखण्ड निर्माण पुरा भएको छ । सडक निर्माणमा जिल्लामा हालसम्म दुइ अर्व रुपैयाँ खर्च भइसकेको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख इन्जिनियर सुरेन्द्र घिमीरेले बताउनुभयो ।

ठूला आयोजनाका ८ ओटा सडक मात्र छन। सभसदहरुले निर्बाचन क्षेत्र बिकास कोष मार्फत बिनियोजन गर्ने योजना पनी सडक कै धेरै छन । आफना गाउँ, वा आफन्त र कार्यकर्ताका गाउँमा सडक पुराउन लक्ष्य लिएका यस्ता सडक निर्माण गरिएका हुन। चालु आर्थिक बर्षमा जिल्लाका ५ सभासदले विनियोजन गरेको करिव ६ करोड बजेट मध्य आधा भन्दा बढि रकम सडक मै खनाइएको छ ।

‘दुर्गम गाउँ स्याउँलीत्रागँ बाहेकका सवै जसो गाबिसलाइ सडक सञ्जालले छोएको छ’ उहाँले भन्नुभयो । उहाले बर्षायाम सुरु हुने बितिकै जिल्लाका ७० प्रतिशत सडक अबरुद्ध हुने गरेको बताउनुभयो । यातायात अबरुद्ध हुने ३ सय किलोमिटर कच्ची सडकखण्ड ग्राभेल गरी संचालनमा ल्याउन करोडौ रुपैयाँ आवाश्यक पर्ने घिमीरेको भनाइ छ । जिल्ला प्राबिधिक कार्यालयको एक तथ्याङ्क अनुसार जिल्लामा २ सय ३० सडक ग्रामिण तथा कृषि सडक छन । निर्माण पुरा भइसकेका र नया बन्दै गरेका सडकको सङ्ख्या १ सय २० किमीको हाराहारी पुगेको छ । गा्रभेल गरिएको सडकको लम्बाइ जम्मा ५७ किलोमिटर मात्र छ । भालुवागँ प्यूठान मुख्य सडक बाहेक जिल्लाको बागदुला दम्ती जोडने ४ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको प्राबिधिक कार्यालयले बताएको हो ।

यहाँ ठूला आयोजनाका ८ ओटा सडक मात्र छन। सभसदहरुले निर्बाचन क्षेत्र बिकास कोष मार्फत बिनियोजन गर्ने योजना पनी सडक कै धेरै छन । आफना गाउँ, वा आफन्त र कार्यकर्ताका गाउँमा सडक पुराउन लक्ष्य लिएका यस्ता सडक निर्माण गरिएका हुन। चालु आर्थिक बर्षमा जिल्लाका ५ सभासदले विनियोजन गरेको करिव ६ करोड बजेट मध्य आधा भन्दा बढि रकम सडक मै खनाइएको छ ।

सडकको बिस्तार सँगै गाउँ गाउँमा ग्रामिण वजार र व्यापारिक केन्द्रहरुको बिकास हुँदै गएको छ भने स्थानिय स्तरमा उत्पादित कृषिजन्य सामाग्रीले समेत वजार पाउन थालेका छन ।

सडक बनाउन गुरुयोजना
जिल्लामा सडक सञ्जाललाइ ब्यबस्थित गर्न गुरुयोजना बनाइएको छ । जिबिसको सहयोगमा खनिएका यस्ता सडकको मर्मत सँभार र बिस्तारका लागी महत्वपुर्ण सडकलाइ बाह्र महिना सुचारु गर्ने गरि निर्माण गर्न गुरुयोजना बनाइएको हो । गुरुयोजनामा जिल्लाभित्रका ग्रामिण सडकलाइ प्राथमिकतामा राखेर काम अघि वढाइएको प्रमुख जिल्ला इन्जिनियर घिमीरेले बताउनुभयो ।

आर्थिक वर्ष २०७२/७३ देखि सो गुरुयोजना सँचालनमा छ । जिविसले वनाएको ५ वर्षिय जिल्ला यातायात गुरुयोजनामा ग्रामिण क्षेत्रबाट सदरमुकाम जोडने मुख्य मार्ग सम्म आउने ग्रामिण वजार भएर आएका पर्यटकिय, व्यापारिक कृषि तथा सवै भुगोललाइ समेटन सक्ने सडकलाइ बिशेष प्राथमिक्ता दिइएको छ । निर्माण गरिएका केहि सडकलाइ समेत गुरुयोजनामा समेटिएको छ। सडक स्तर उन्नतीका लागी जिबिस गुूरुयोजना सहित अघि बढेको छ घिमिरेले भन्नुभयो बर्षको बाह्रै महिना सडक सुचारु गर्ने लक्ष्य लिएका छौ ।

अधिकाशँ स्थानमा सर्वेक्षण तुथा प्राबिधिक विना सडक निर्माण गर्दा पहिरो र भुक्ष्यको खतरा वढेको र सडकको अवस्था समेत राम्रो नभएकाले यस्लाइ व्यबस्थित गर्न सडक गुरुयोजना कार्यान्वयन गरिएको श्रोतले बताएको छ। गुरुयोजनामा बिद्यमान सडकको अवस्था,सडक योजना र उपलब्धि जस्ता विषय समेटिएका छन।