मुगुमा कांग्रेस माओवादी बराबर



बीरबहादुर बम, मुगु ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान कार्य आईतवार सम्पन्न पछि छायानाथ रारा नगरपालिकाको प्रारमिभक मतगणनामा नतिजाले नेपाली काँग्रेस र नेकपा माओवादीले समान मत प्राप्त गरेका छन ।
नगरपालिकाको १४ नम्बर वडामा खसेका ६ सय ७३ मत मध्य एक सय मतको गणना गर्दा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका दावेदार हरिजंग शाहीले ४१ र एमालेका तर्फबाट प्रमुख पदका दावेदार जितबहादुर मल्लले ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै उप प्रमुखका लागि एमालेका तर्फबाट सुन्तला रोकायाले ३९ र काँग्रेस माओवादी केन्द्रबीच सहकार्यमा उप प्रमुख पदका दावेदार सुरबहादुर बुढाले ३८ मत प्राप्त गरेको बताईएको छ । एउटै मतपत्रमा धेरै मतदान चिन्ह हुँदा मतदान गर्न मतदातालाई असहज भए जस्तै मतगणना गर्न पनि असहज र लामो समय लाग्ने देखिएको छ । १४ नम्बर वडामा खसेका मतको मात्र गणना सकिन राती नौ बज्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।

जिल्लाका खत्याड गाउँ पालिका, सोरु गाउँ पालिका र मुगुम कार्मारोङ गाउँ पालिकाको मतगणना सुरु भईसकेकाले त्यहाँको प्रारम्भिक मत परिणाम पनि केही समयमा आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्